समाज रूपान्तरणको आधार सहकारी : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समाज रूपान्तरणको मुख्य आधार सहकारी रहेको बताउनुभएको छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घको आयोजनामा आज यहाँ आयोजित चौथो ललितपुर साकोस समिटका अवसरमा उपराष्ट्रपति पुनले आत्मनिर्भर अर्थतन्त्रका लागि सहकारी पहिलो माध्यम रहेको बताउनुभएको हो । उपराष्ट्रपति पुनले सहकारीमार्फत अधिकतम पूँजी प्रयोग गरी आर्थिक विकासमा जोड दिन आवश्यक रहको बताउनुभयो…