द्वन्द्वपीडित भन्छन् ः न्याय पाएनौं

देउखुरी, ८ मङ्सिर (रासस) ः द्वन्द्वपीडितलाई न्याय पाउन ढिलाइ भएको गुनासो छ घोराही –१४ का निर्मला थापाको । उहाँका श्रीमान् नेपाल प्रहरीमा जागिरे हुनुहुन्थ्यो अवकास प्राप्त गर्न केही समय बाँकी हुँदा द्धन्दका बेला उहाँको हत्या भयो । त्यो बेलाको घटना सम्झदा निर्मला बेलाबेला मुर्छित् हुने गरेको बताउनुहुन्छ । श्रीमानको निधनपछि बालबच्चा घरपरिवार सबैको जिम्मा निर्मलालाई…