सवारी दुर्घटनामा चार वर्षीया बालिकाको मृत्यु

पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा मङ्गलबार साँझ भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ । गोसाइँकुण्ड गाउँपालिका–६ ठाडेकी चार वर्षीया बालिका नैना घलेको मृत्यु भएको हो । प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेका अनुसार राजमार्गमा हिँडिरहेको अवस्थामा उनलाई काठमाडौँबाट धुञ्चेतर्फ आउँदै गरेको ना१ज ६१७६ नंको यात्रुबाहक टाटासुमोले ठक्कर दिएको थियो । गोसाइँकुण्ड गापा–६ का ३० वर्षीया…