रनफर प्रोटिन हाफ म्याराथन हुने

काठमाडौँ, ५ मङ्सिर (रासस) : नेपाल भेटेरिनरी एशोसिएशनको आयोजनामा काठमाडौँमा ‘रनफर प्रोटिन’ हाफ म्याराथन हुने भएको छ । एशोसिएसनद्धारा आज यहाँ आयोजित पत्रकार सम्मलेनमा उक्त प्रतियोगिता आगामी पुस ३ गते हुने जानकारी दिइयो । प्रतियोगितामा हाफ म्याराथनसहित पुरुष १० किमि, महिला पाँच किमि, १२ कक्षासम्मका विद्यार्थीअन्तर्गत पुरुषतर्फ पाँच किमि तथा महिलातर्फ तीन किमि दौड हुनेछ…