घर भत्किँदा बालक गम्भीर घाइते

ढल्कुमा घर भत्किँदा चार वर्षीय बालक गम्भीर घाइते भएका छन् । काठमाडौँ महानगरपालिका– १७ मा अत्यन्तै जीर्ण अवस्थामा रहेको उक्त घर भत्किँदा बालक घाइते भएका हुन् । उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार घरमा कोही पनि नभएका अवस्थामा केही समयअघि…