सम्बन्धित निकायको बेवास्ताका कारण रोल्पाको बडाचौर विमानस्थल अलपत्र बनेको छ । संरक्षणमा सरकारी उदासिनताले विमानस्थल गौचरण र खेल मैदानका रुपमा परिणत भएको हो । रोल्पाको लुङ्ग्री गाउँपालिका वडाचौरस्थित सो विमानस्थल राजनीतिक व्यवस्था फेरिएसँगै ओझेलमा परेको छ । विसं २०४६ सम्म सञ्चालनमा ल्याइएको सो विमानस्थल पछिल्लो समय ओझेलमा पर्दै गएको छ । तत्कालीन पर्यटन तथा नागरिक…