कर्मचारीको ढिलासुस्तीले सेवाग्राही मर्कामा

२०७८ वैशाख ९ गते निवेदन दिएका मङ्गला गाउँपालिका–२ बाबियाचौरका नवीन खड्काले साउन १२ गते नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि पाउनुभयो । “आवश्यक सबै कागजात र प्रक्रिया पु¥याएर निवेदन दिएको थिएँ”, उहाँले भन्नुभयो, “विद्युतीय र कागजी अभिलेखमा जन्ममिति नभएको कारण देखाएर प्रतिलिपि दिन चार महिना कुराए ।” पाँच पटकसम्म प्रशासन धाएका खड्काले कर्मचारीले हुन्छ–हुन्छ भनेर झुलाएको…