अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घ दक्षिण एसिया निर्देशक सोनाम मेहताले नेपाल परिवार नियोजन सङ्घलाई सक्दो सहयोग गर्ने बताउनुभएको छ । नेपाल परिवार नियोजन सङ्घको ४१औँ केन्द्रीय सभाको मङ्गलबार दाङमा उद्घाटन गर्दै उहाँले लामो समयदेखि नेपालमा स्वतन्त्र र सेवामूलक संस्थाका रुपमा पहिचान बनाएको नेपाल परिवार नियोजन सङ्घको दिगोपनका लागि यहाँकै स्रोत साधन प्रयोग गर्न आवश्यक भएको उल्लेख…