वालिङ, ३० कात्तिक (रासस) ः फल टिप्ने बेलामा औँसा कीराको प्रकोपले सुन्तला झर्न थालेपछि किसान चिन्तित भएका छन् । सुन्तलाको स्वाद र उत्पादनका दृष्टिले निकै राम्रो मानिएको स्याङ्जामा यस वर्ष औँसा कीराको प्रकोप देखिएपछि किसान चिन्तामा परेका हुन् । मेहेनत गरेर उत्पादन लिने बेलामा आइपुग्दा सुन्तलामा औँसा कीरा परेर झर्न थालेपछि यसको रोकथाम तथा नियन्त्रणका…