सहमतिबाटै पार्टीलाई अगाडि बढाउनुपर्छ : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले पार्टीभित्रको विवाद समाधान हुँदै गएको र सहमतिबाट नै पार्टी अघि बढ्नुको विकल्प पनि नभएकाले एकताको सन्देश दिन आफू झापा आएको बताउनुभएको छ । पार्टीको प्रदेश नं १ कार्य समितिको प्रथम एकता अधिवेशनको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “झापा राप्रपाको मुटु हो, झापाले सिङ्गो देश हाँक्ने सामथ्र्य राख्र्छ ।”…