मुस्ताङको टुक्चे पिकमा हिमपहिरो : खोँच नभएको भए ठूलो मानवीय क्षति हुथ्यो

मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने टुक्चे पिकबाट आज बिहान अप्रत्याशित रुमपा ठूलो हिउँ पहिरो खस्यो । बस्तीभन्दा निकैमाथि पहिरो खसे पनि त्यसको असर बस्तीसम्मै आइपुगेको थियो । “बीचमा पर्ने ठूलो खाँेच नभएको भए, ठूलो मानवीय क्षति नै हुन्थ्यो”, प्रत्यक्षदर्शीसमेत रहनुभएका उक्त वडाका अध्यक्ष नरप्रसाद हिराचनले रासससँगको कुराकानीमा भन्नुभयो । उक्त खोँचमा अहिले हिउँको पहाड आएर…