ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

नौमूले गाउँपालिका वडा नं १ स्थित मालुभीरमा ट्रयाक्टर दुर्घटना हुँदा चालक कविराम पुरीको घटनास्थलमै मृत्यु भएको छ । नौमूले सडक निर्माणका लागि प्रयोग गरिएको ना ७ त १२१६ नम्बरको ट्रयाक्टर अपराह्न ३ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी नैनबहादुर साउदले बताउनुभयो । सहचालक नौमूले गाउँपालिकाका नन्द बस्नेत घाइते भएका छन् । उनको…