जुम्लाका प्रजिअ थापा कोरोना सङ्क्रमणमुक्त

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ । दश दिनको आइसोलेशन बसाइपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको हो । सङ्क्रमणमुक्त भएपछि उहाँले रासससँग भन्नुभयो, “सङ्क्रमणपश्चात् यो बीचमा खान मीठो नलाग्ने, आलश्यता हुने, निराशा आउने जस्ता कुराको अनुभूति भयो । हौसलाको ग्राफ पनि तलमाथि भइरह्यो ।…