नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव सोमबार फेला परेको छ । आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत मे ६ तारिख बिहान १०.३० मा दौडिन निस्कनुभएका मोरिस बेपत्ता भएपछि यहाँको प्रहरीले उहाँको खोजी गरिरहेको थियो । ह्याम्पसायर प्रहरीले उहाँ नियमित कसरतका लागि जाने एलिस हल्ट जङ्गलमा उहाँको शव फेला पारेको बताएको छ । मृतक मोरिसको…