गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी र सवारी चालक तथा आम नागरिकसँगको सौहाद्र्रतालाई अभिवृद्धि गर्ने लक्ष्यका साथ प्रदेशभित्र नमस्कार अभियान शुरु गरेको छ । ट्राफिक प्रहरीको आम नागरिकसँगको सम्बन्धलाई प्रगाढ बनाउने तथा शिष्टता, सभ्यता र हार्दिकतालाई अनुशरण गर्दै ट्राफिक सेवा प्रवाहलाई सभ्य र सुसंस्कृत बनाउने लक्ष्यसाथ अभियान शुरु गरिएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका…