काठमाडौँमा पाँच लाख पर्यटक क्षमताको पूर्वाधार बनाउन निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले काठमाडाँै उपत्यका वरिपरि पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज बोर्डका निर्देशकसँगको छलफलमा मन्त्री भट्टराईले उपत्यका आसपास क्षेत्रमा पाँच लाख पर्यटक क्षमताको पर्यटन पूर्वाधार पदमार्ग र साइक्लिङ पर्यटनको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न निर्देशन…