मान्म, २१ कात्तिक (रासस) ः ‘एक घर, एक धारा’को लक्ष्यसहित सञ्चालित विभिन्न खानेपानी आयोजनाको मर्मतसम्भार गर्न थालेपछि कालीकोटका दुर्गम गाउँमा खानेपानीको पहुँच वृद्धि हुँदै गएको छ । घण्टौँ हिँडेर खानेपानी ल्याउनुपर्ने कालीकोटका विकट बस्तीमा अहिले घरघरमा धारा जडान हुन थालेको हो । जिल्लाको खाँडाचक्र, रास्कोट र तलागुफा नगरपालिका तथा पचालझरना, पलाँता, नरहरिनाथ र शुभकालिका गाउँपालिकाले…