झापा, १९ कात्तिक (रासस) : नारी सञ्चारगृह झापाले नारी प्रोत्साहन अक्षयकोष वृद्धि गर्ने उद्देश्यले आज देउसी भैली खेलेको छ । लक्ष्मीपूजाका अवसरमा कनकाई नगरपालिकामा सामूहिक खेलिएको देउसी कार्यक्रममा रु एक लाख १० हजार बढी रकम जम्मा भएको संस्थाका अध्यक्ष भीमा शिवाकोटीले बताउनुभयो । सञ्चार गृहले विगत तीन वर्षदेखि नेपाली संस्कार र संस्कृतिको जर्गेना गर्दै कोष…