बृहत् गुरुयोजना बनाएर अयोध्याधामको काम शुरु गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् गुरुयोजना नै बनाएर भगवान् श्रीरामको जन्मस्थल अयोध्याधामको काम शुरु गर्न चितवन माडीका जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज चितवनको माडी नगरपालिकाका प्रमुखलगायत जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले रामको जन्मभूमि नेपालमा नै भएकाले बृहत् योजनाका साथ काम शुरु गरिहाल्न आग्रह गर्नुभएको माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोले जानकारी दिनुभयो ।…