गण्डकी प्रदेश शिक्षाको ‘हब’ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश शिक्षाको केन्द्र बन्नसक्ने प्रशस्त सम्भावना रहेको बताउनुभएको छ । उच्च शिक्षा तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) गण्डकी प्रदेशको प्रथम साधारणसभा तथा अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले प्रतिस्पर्धा गर्नसक्ने दक्ष जनशक्ति उत्पादनको लक्ष्यसहित गण्डकी विश्वविद्यालय स्थापना गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “गण्डकी प्रदेशलाई शिक्षा, खेलकुदलगायत…