बागलुङ जिल्लाभर लगातार ४ दिनको वर्षातले १०० रोपनी भन्दा बढी क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार तराईका जिल्लामा जस्तो ठूलो क्षति नभए पनि झण्डै १०० रोपनी भन्दा बढी क्षेत्रफलमा भएको धानबाली नष्ट भएको र अन्य क्षेत्रमा हावाले ढालेको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनुभयो । पहाडमा तराईमा जस्तो…