रामपुर (पाल्पा), २८ असोज (रासस) ः यहाँका भैरवबाबाको दर्शन गर्न नेपालका मात्र नभई भारतका दर्शनार्थी पनि आउने गर्छन् । आफूले गरेका भाकल पूरा हुने जनविश्वास रहेकाले एसियाकै ठूलो त्रिशूली रहेको यस मन्दिरमा धेरै दर्शनार्थी आउने गर्दछन् । कोरोनाले सुनसानजस्तै बनेको पाल्पाको प्रसिद्ध भैरवस्थान मन्दिरमा नवरात्र सुरु भएपछि दर्शन गर्नेको चहलपहल देखिन्छ । यहाँ विशेष गरी…