गलेश्वर, १९ असोज (रासस) ः कालीगण्डकीको प्राकृतिकस्वरूप पछिल्ला केही वर्षयता नासिँदै गएको छ । शालिग्राम पाइने एकमात्र बहुचर्चित कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम–कोरला सडकखण्ड सडक विस्तार गर्ने क्रममा निस्किएका ढुङ्गा, माटो, गेगर र सडककै कारण बर्सेनि बाढीपहिरोले यसको मौलिकस्वरुपमा परिवर्तन ल्याएको वातावरण संरक्षणकर्मीले बताएका छन् । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको…