पुनः मतगणना हुँदा वडाध्यक्षमा मल्ल एक मतले विजयी

विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा खाँडाचक्र नगरपालिका–७ को वडाध्यक्षमा रजबहादुर मल्ल पुनः एक मतले विजयी हुनुभएको छ । स्थानीय तहको निर्वाचन २०७४ जेठ ५ गते भएको मतगणनामा मल्लका प्रतिद्वन्द्वी दीपक कार्कीले मतगणना चित्त नबुझेको भन्दै अदालतमा मुद्दा दायर गर्नुभएको थियो । नेकपा एमालेको सूर्य चिह्नबाट विजयी हुनुभएका मल्लले कूल खसेको २९६ मतमध्ये १४२…