महाकाली अस्पतालमा ¥यालग्रन्थीमा रहेको ट्युमरको शल्यक्रिया

महाकाली अस्पतालमा ¥यालग्रन्थीमा रहेको ट्युमरको सफल शल्यक्रिया गरी निकालिएको छ । ¥यालग्रन्थीको समस्याबाट पीडित भीमदत्त नगरपालिका १२ ऐरीकी ३५ वर्षीया लिला पन्तको ट्युमर निकालिएको हो । तीन वर्षदेखि कानको तल ¥यालग्रन्थी रहेका ठाउँमा मासुको गाँठा पलाएर दुख्न थालेपछि उहाँलाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो । शनिबार उहाँको शल्यक्रिया गरेर ट्युमर निकालिएको हो । अस्पतालका नाक,…