पछिल्लो २४ घण्टामा थप २११ मा कोरोना सङ्क्रमण

देशभर पछिल्लो २४ घण्टामा थप २११ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा नौ हजार ४५१ को पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पीसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख २३ हजार ५५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९५ हजार ७०१ पुगेको…