दाङको बबई गाउँपालिका स्थित ठूलाचौर गाउँका विद्यार्थी वर्षात्का सयममा विद्यालयबाट बञ्चित हुन्छन् । यतिमात्रै होइन, गाउँमा कोही बिरामी परे कसरी अस्पतालसम्म लैजाने भन्ने चिन्ता हुन्छ । एक हिसाबले त्यो गाउँ नै बिरानो बस्तीजस्तै छ । “वारि विद्यालय छ, पारि गाउँ”, स्थानीयवासी गङ्गाराम विकले भन्नुभयो, “तर वारिबाट पारि हेर्नेमात्रै हुन्छ, पुग्न सकिँदैन ।” उनीहरुको सम्बन्धविच्छेद हुने…