बुटवलमा बहुउद्देश्यीय भवन निर्माणको योजना बनाइएको छ । आधुनिक सपिङ कम्प्लेक्सका सम्पूर्ण सुविधासहितको बुटवल सिटी सेन्टर नामको बहुउद्देश्यीय भवन बनाइने छ । सार्वजनिक–निजी साझेदारी (सानिसा)मा बहुवर्षे योजनाका रूपमा यसलाई अगाडि बढाइएको छ । बुटवल–९ मा रहेको लुम्बिनी बस टर्मिनल क्षेत्रमा रहेको किनं ५ को करिब चार बिघा क्षेत्रफलमा बहुतला पार्किङसहितको बहुउद्देश्यीय भवन निर्माण, सञ्चालन तथा…