‘लगानीमैत्री नीति बनाऔँ’

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा अर्थतन्त्रको विकासका लागि लगानीमैत्री नीति बनाउन सरकारसँग आग्रह गनुभएको छ । उहाँले विकसित मुलुकले लगानीलाई महत्व दिएकै कारण अर्थतन्त्रमा अब्बल बनेको धारणा राख्नुभयो । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको ६८औँ वार्षिक साधारणसभाको आज बुटवलमा उद्घाटनपछि वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्र लक्षित नीति बनाउँदा सरोकारवालाको सुझाव सल्लाह…