काभ्रेपलाञ्चोक, १४ भदौ । जिल्लाको कूल कोरोना सङ्क्रमितमध्ये ४१ प्रतिशत बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित स्पाइनल इन्जुरी अस्पतालमा मात्रै छन् । उक्त अस्पतालमा पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढिरहेको तथ्याङ्कले देखाएको छ । शनिबार मात्रै थप ३६ मा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म उक्त अस्पातालमा जिल्लाको कूल सङ्क्रमितमध्ये ४० दशमलव ३१ अर्थात् १०४ सङ्क्रमित भएका छन्…