काठमाडौं महानगरपालिकामा एमाले उम्मेदवार सुनिता डंगोललाई सबैभन्दा धेरै लोकप्रिय मत

काठमाडौं महानगरपालिकामा एमाले उम्मेदवार सुनिता डंगोललाई सबैभन्दा धेरै लोकप्रिय मत

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौं महानगरपालिकाको चुनावमा प्रारम्भिक मतपरिणाममा एमालेको उपमेयर पदकी उम्मेदवार सुनिता डंगोल लोकप्रिय देखिएकी छिन्।

प्रारम्भदेखि नै अग्रता कायम गरेकी डंगोलले ६ सय २ मत ल्याएकी छिन् । एमालेका मेयर उम्मेदवार केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन साहसँग पछि परेको अवस्थामा डंगोलले आफ्नो अग्रता भने ४ सय ७६ पुर्‍याएकी छिन् ।

गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार बनेका रामेश्वर श्रेष्ठ र राप्रपाकी बिनिता मगैयाले बराबरी १ सय २६ मत ल्याएका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले ६० मत ल्याएकी छिन् । साझा पार्टीकी कृति तुलाधले ३५ मत ल्याएकी छिन् । राष्ट्रियसभा गृह अहिले महानगरपालिको १, २, ३ र ३२ वडाको मतगणना भइरहेको छ ।