‘यतीमा जन्ती’ :  बेहुला–बेहुलीलाई निःशुल्क टिकट

‘यतीमा जन्ती’ :  बेहुला–बेहुलीलाई निःशुल्क टिकट

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ -विवाहको मौसमलाई लक्षित गर्दै यती एयरलाइन्सले ‘यतीमा जन्ती’ नामक विशेष योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत १५ जनाभन्दा बढीको समूहमा हवाई टिकट बुकिङ गर्ने यात्रुका बेहुला र बेहुलीले निःशुल्क टिकट पाउने भएका छन्।

एयरलाइन्सका अनुसार समूह बुकिङ गर्दा बेहुलाले आउने र जाने दुवै तर्फको हवाई टिकट निःशुल्क पाउनेछन्। त्यस्तै, बेहुलीले एकतर्फी निःशुल्क टिकट प्राप्त गर्नेछिन्।

विवाह तथा अन्य शुभकार्यमा सहभागी हुन जाने परिवारका सदस्य, आफन्त र साथीभाइको सामूहिक यात्रालाई सहज, सुविधाजनक र किफायती बनाउने उद्देश्यले योजना ल्याइएको कम्पनीले जनाएको छ।

विवाहको अवसरमा यात्रुहरूलाई थप सुविधा र बचतको अनुभव दिलाउने अपेक्षासहित यो अभियान सञ्चालन गरिएको एयरलाइन्सको भनाइ छ।

योजनाअन्तर्गत टिकट बुकिङ तथा थप जानकारीका लागि यती एयरलाइन्सको सम्पर्क नम्बर ०१–५९७००७४ मा सम्पर्क गर्न सकिनेछ।