श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनताको काममा ढिलासुस्ती नगर्न तनहुँका कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ । मन्त्रीमा नियुक्त भएर गृहजिल्ला आएको अवसरमा जिल्ला समन्वय समितिमा आज आयोजित कार्यालय प्रमुखसँगको बैठकमा श्रेष्ठले सेवाग्राहीलाई सरल तरिकाले सेवा दिन कर्मचारीलाई निर्देशन दिनुभएको हो । कर्मचारी भनेको स्थायी सरकार भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो, “लोकतन्त्रका लागि…