हाइकिङका माध्यमबाट पन्धौँ शताब्दीको नुवाकोट दरबारको प्रवद्र्धन

गण्डकी, २५ असोज (रासस) ः पन्धौँ शताब्दीको इतिहासको साक्षी स्याङ्जाको नुवाकोट दरबार एवं कालाभैरव मन्दिरको हाइकिङका माध्यमबाट प्रवद्र्धन गरिएको छ ।हाइकर्स क्लब नेपालको आयोजनामा हरेक महिनाको अन्तिम शनिबार सञ्चालन हुँदै आएको हाइकिङको २० औँ शृङ्खलाअन्तर्गत हाइकर्स टोली यसपटक स्याङ्जाको फेदीखोला गाउँपालिका–२ नुवाकोटस्थित ऐतिहासिकस्थल कालाभैरव मन्दिर तथा नुवाकोट दरबार पुगेको हो । पर्यटकीय नगरी पोखरा नजिकैको…