दसैँका लागि तनहुँमा तीन करोडको खसीबोका बिक्री

दमौली, २३ असोज (रासस) ः दसैँका लागि तनहुँबाट करिब रु तीन करोड मूल्य बराबरको खसीबोका बिक्री भएको छ । जिल्लाका विभिन्न सहकारीमार्फत् दुई हप्ताको अवधिमा रु दुई करोड ८२ लाख ३६ हजार ७९१ मूल्य बराबरको खसीबोका बिक्री भएका हुन् । हेफर नेपालको साझेदारीमा नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँले सञ्चालन गरेको ‘पशुबस्तुको मूल्यशृङ्खलामा आधारित साना…