म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतका आइते दर्जी दृष्टिविहीन हुनुहुन्छ । शारीरिक रूपमा कमजोर जन्मदेखि नै दृष्टिविहीन दर्जीको जिम्मेवारी भने थेगिनसक्नुको छ । हुर्केका दुई छोरा बेरोजगार छन् भने कमाइखाने जग्गा जमिन नहुँदा आफूले गिट्टी गुट्ने र श्रीमतीले दैनिक ज्याला मजदुरी गरेर साँझ बिहानको गर्जो टार्दै आउनुभएको छ । उहाँको दयनीय अवस्था देखेर देशविदेशमा रहेका केही व्यक्तिहरूको…