सामुदायिक विद्यालयका शिक्षकले तलब पाएनन्

सल्यानका विभिन्न सामुदायिक विद्यालयमा निजी स्रोतमा पढाइरहेका शिक्षकले तलवसुविधा नपाएको गुनासो गरेका छन् । भैरवी आधारभूत विद्यालयमा विगत १२ वर्षदेखि निजीस्रोतमा पढाइरहेका प्रकाश बुढाले विगत तीन वर्षदेखि तलब नपाएकोले दैनिक गुजारा गर्न निकै समस्या भएको बताउनुभयो । “विगत झैँ यो वर्षको चाड खल्लो हुने भयो । पारिश्रमिक आउने निश्चित नहुँदा थप अन्यौल थपिएको छ”, बुढाले…