डोटी, २० असोज (रासस) : आजभन्दा सात वर्ष पहिलेअर्थात् विसं २०७१ असोज २० गतेका दिन २९ जनाको ज्यान जाने गरी जिल्लाको जोरायल गाउँपालिका–२ कठपत्तेमा भएको बस दुर्घटनामा परेका मृतकको सम्झनामा आज असोज २० गतेलाई जोरायलवासीले कालो दिनका रूपमा मनाएका छन् । विसं २०७१ को दसैँ सकिएको भोलिपल्ट ना३ख ५७०७ नम्बरको सुदूरपश्चिम यातायातको बस जोरायलबाट धनगढी…