आउदै गरेको दसैँलगायत चाडपर्वमा यात्रुलाई आवतजावतमा सहजता पु¥याउने उद्देश्यले तीन जिल्लाका राजमार्गका खाल्डाखुल्डी मर्मतसम्भारको काम सुरु गरिएको छ । मकवानपुर, बारा र पर्सामा सडक मर्मतसम्भारको काम सुरु गरिएको सडक डिभिजन कार्यालय हेटौँडाका कार्यालय प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिनुभयो । बाराको धनसारदेखि पथलैयासम्म, मकवानपुरको हेटौँडा हुँदै लोथरसम्म र हेटौँडाको भैँसे हुँदै मकवानपुरको दामचौरका विभिन्न क्षेत्रमा सडकका…