विदेशी कूटनीतिज्ञ भन्छन् : पोखराको सौन्दर्य लोभलाग्दो

गण्डकी, ११ असोज (रासस) : विश्व पर्यटन दिवसको दिन सोमबार बिहानै पोखराको मौसम खुलेको थियो । लामो समय कोरोना कहरले थलिएको यहाँको पर्यटनलाई टेवा पुगोस् भन्ने हेतुले पर्यटन बजारमा सकारात्मक सन्देश प्रवाह गर्न गण्डकी प्रदेश सरकारको निमन्त्रणामा आइतबार नै नेपालका लागि विभिन्न ११ देशका राजदूतसहित विशिष्ट कूटनीतिज्ञ पोखरा आइसक्नुभएको थियो । आइतबार पोखरा विमानस्थलमा गरिएको…