काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको दिन उद्धार उडान, मानवीय सहायता एवं सरकारको निर्देशनमा हुने उडानबाहेक सबै आन्तरिक हवाई उडान बन्द हुने भएको छ । निर्वाचन आयोगले जारी गरेको सवारी आवगन तथा व्यवस्थापनसम्बन्धी मापदन्ड–२०७९ जारी गरेसँगै आइतबार विज्ञप्तिमार्फत आन्तरिक वायुसेवा प्रदायक कम्पनीको छाता संस्था वायुसेवा सञ्चालक संघ नेपालले आफ्ना यात्रुलाई निर्वाचनको दिन…