झिनो अङ्कले घट्यो नेप्से परिसूचक

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.६२ अङ्कले ओरालो लागेर दुई हजार ८७५.९७ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १.५३ अङ्कले ओरालो लागेर ५३५.२९ मा ओर्लेको छ । नेप्से ओरालो लाग्दा कारोबार रकमसमेत घटेको छ ।…