काठमाडौँ, १४ मङ्सिर । राजश्व छलीमा संलग्न रहेको आरोपमा महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ । भन्सार छली चोरी निकासी गरी सुनको कारोबार गरेको भन्ने विशेष सूचनाका आधारमा महाशाखाबाट अनुसन्धानमा खटिएको प्रहरी टोलीले सिनामङ्गल र कोटेश्वरबाट उनीहरुलाई पक्राउ गरेको हो । शुक्रबार सिनामङ्गलस्थित गोल्डेन गेट अगाडिबाट रामेछापका गङ्गाबहादुर थापा मगरलाई…