काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनाले एट्लेटिको म्याड्रिडमाथि कठिन जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिकोलाई उसैको मैदानमा १-० गोलले हरायो । जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई तीन अङ्कले पछि पारेको छ । बार्सिलोनाको जितमा औसमाने डेम्बेलेले निर्णायक गोल गर्नुभयो । डेम्बेलेले २२औं मिनेटमा…