काठमाडौं । यही चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । मङ्गलबार राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू भएको हो । निर्वाचन आयोगले आज (बुधबार)देखि मतदानको दिन मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न…