यहाँ नेपाल प्रहरीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको समन्वयमा आज जिल्ला सदरमुकाम गमगढीमा रहेको कालिका मालिका मन्दिरको चौरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो । चिसो बढेसँगै हिमाली जिल्लामा चिसोजन्य रोग फैलिने र सर्वसाधारण ती रोगबाट ग्रसित हुने समय भएकाले रोगबारे जनचेतना जगाउन…