सिन्धुपाल्चोक १९ मङ्सिर (रासस) ः पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवाको गोरखनाथ लकाङ घ्याङ् (गुम्बा)का सामान अदालतको आदेशपछि स्थानीय सरकारको रोहवरमा नयाँ समितिलाई हस्तान्तरण गरिएको छ ।गोरखनाथ लकाङ घ्याङ संरक्षण कोष तथा विकास, व्यवस्थापन समितिका पूर्वअध्यक्ष नुर्पु शेर्पाले नयाँ समितिलाई लामो समयसम्म गुम्बाको सामान बुझबुझारथ नगरेपछि जिल्ला अदालतका कर्मचारी तथा स्थानीय उपभोक्ताको उपस्थितिमा वडाध्यक्ष पासाङ लामामार्फत नयाँ…