नेवाः पत्रकारहरुको राष्ट्रिय सङ्गठन नेवाः पत्रकार राष्ट्रिय दबूले मातृभाषाको पत्रकारिता विकासका लागि विशेष सुविधा तथा प्रोत्साहनको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । राष्ट्रिय दबूको शनिबार ललितपुरको सप्तपुुर महाविहार चिकंबहीमा भएको नवौँं वार्षिक साधारण सभाको अन्त्यमा जारी १० बुँदे घोषणापत्रमा भनिएको छ – “बहुजातीय, बहुभाषिक र बहुधार्मिक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचनामा प्रवेश गरिसकेको नेपाललाई समावेशी,…