कला संस्कृति संरक्षणमा जुटौँ : पर्यटनमन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कला र संस्कृति देशका गहना भएकाले यिनको संरक्षण तथा प्रवद्र्धनमा सबै जुट्नुपर्ने बताउनुभएको छ ।कलाकार शिवराम कासुलाद्वारा लिखित ‘नृत्य सूत्र तथा लिपि’ नामक कृतिको आज यहाँ विमोचन गर्दै उहाँले अन्तर्राष्ट्रियरूपमै ख्याति कमाइरहेका नृत्यहरूले मानिसलाई प्रफुल्लित बनाउने मात्र नभई तत्कालीन समय बोध गराइरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “समग्र…