वाग्मती एक किमि पनि ढलमुक्त गर्न नसकेको अभियानकर्मीको आरोप

काठमाडौँ, १७ मङ्सिर (रासस) ः अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले स्थापनाको २६ वर्षमा रु १४ अर्ब खर्च भइसक्दासमेत एक किमी नदी क्षेत्र पनि ढलमुक्त गर्न नसकेको भन्दै सफाइ अभियानकर्मीले निष्पक्ष छानबिनको माग गरेका छन् ।  विगत नौ वर्षदेखि स्वयंसेवी महाअभियानका रुपमा प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा वाग्मती सफाइ गर्दै आएको समूहले अधिकार…